काठमाडौं । इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।
गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनी कार्कीको हत्या भएको हो ।
उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले जानकारी दिए ।
प्रवक्ता ढुंगेलले घटनामा संलग्न भएको आरोपमा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको जानकारी दिए।







