काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरु विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ । 

मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथी भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपाल विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताउनु भयो । शिक्षामन्त्री राईले चालु विश्वविद्यालयमा राजनितिक हस्तक्षेप धेरै रहेको बताउनु भयो ।

उहाँले चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन हुने बताउनु भयो ।