काठमाडौ । इन्द्रजात्रामा मेलामा १७ वर्षीय युवककाे हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं–१९ घर भइ हाल ललितपुरको लुकुसी बस्दै आएकी २० वर्षीय सोनिया श्रेष्ठ, ललितपुरकै एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ की २४ वर्षीया भूमि मल्ल र ललितपुरकै गोदावरी–५ का १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।
काठमाडौं महानगरपालिका–२४ न्युरोड क्षेत्रमा ओखलढुंगाको लिखु गाउँपालिकाका शनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।







