काठमाडौं। चीनको हाङझाउमा जारी १९औँ एसियाडमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज बिहीबार स्वदेश फर्किँदै छ ।

टिम आज बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

एसियाडको पुरूष क्रिकेटमा नेपाली टिम क्वार्टरफाइनलसम्म पुगेको थियो।