काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडाैं बौद्धमा गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिबाट समेत पेस्तोल बरामद गरेको उपत्यका प्रहरी कार्यालय स्रोतको भनाइ छ । प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ ।