काठमाडौं । काठमाडौंमा जारी काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनलमा उपाधिका लागि नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
घरेलु टोली नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेको हो । नेपालले समूह चरण ४ वटै खेल जितेर फाइनलमा पुगेको हो ।







