सल्यान । नढोगेकाे भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बागचौर नगरपालिका ७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीको कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय दुई युवालालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागचौर नगरपालिका ७ स्यालागाउँका २५ वर्षीय केशर वली र सोही ठाउँका २३ वर्षीय सन्तोष वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कात्तिक ४ गते दिउँसो केशर वली र सन्तोष वलीले घनश्यामलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
घाइते घनश्यामको भारतको नानपारामा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो ।







