पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको क्षेत्रभित्र बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै खोला बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको हो ।

तोकिएको मितिभित्र संरचनाहरु नहटाए महानगरपालिका आफैंले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थावाट असुलउपर गरिने महानगरले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि पोखरा महानगरले गठन गरेको फिर्के खोला सिमांकन टोलीले असोज ६ गते प्रतिवेदन पेश गरेको थियो ।

पोखरा महानगरले गठन गरेको सिमांकन टोलीले फिर्के खोला मिचेर १६० वटा अस्थायी र स्थायी संरचना बनाएको प्रतिवेदन पेश गरेको थियो ।