काठमाडौं । काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपाल र मलेसियाबीच खेल भइरहेको छ ।

मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । उनले २५ बलमा १ चौका र ६ छक्काको मद्दतमा ५२  रन जोडेका  हुन् । 

यसअघि  त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । 

लक्ष्य पछ्याउने क्रममा नेपालले यो समााचार तयार पर्दासम्म १५ओभरको समाप्तिममा ३ विकेटको क्षतिमा १४३ रन बनाएको छ ।