काठमाडौं । मलेसियाविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।

मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो ।