काठमाडौं। नेपालले ओमानको दुई विकेट लिन सफल भएको छ । 

त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुरमा जारी खेलमा नेपालले दुई बिकेट लिएर दोस्रो सफलता हासिल गरेको हो ।

आइसिसी टी– २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले खेल सुरु भएको आधा घन्टा भित्रमा नै दुई विकेट लिन सफल भएको हो । 

जसअनुसार सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् भने पहिलो विकेट करन केसीले लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १ ओभरमा १ विकेट गुमाउँदै ८ रन बनाएको थियाे ।