काठमाडौं । नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ । 

आईतवार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बेठकले सो निर्णय गरेको हो । महासमिति बैठक अब मंसिर २९, ३० र पुष १ र २ गते बस्नेछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको जानकारी गराउनु भयो । यसअघि काँग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निर्णय भएको थियो ।

कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र रहातका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रिय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनु भयो । अन्य सहयोगका लागि पार्टीका सदस्यहरुलाई आग्रह गरिएको र सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गर्ने बताउनु भयो ।

प्रभावितहरुमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय भएको पनि बताउनु भयो । 

नेता विश्वकर्माले कार्य सम्पादन समितिले भूकम्प प्रभावितलाई दिइने राहतको अनियमितता हुन नदिन महामन्त्रीहरुले स्थलगत अवलोकन गर्ने निर्णय भएको पनि बताउनु भयो ।