झापा । झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

साेमबार दिउँसो साढे १ बजे झापाको दमक नगरपालिका- ३ स्थित खोल्सीमा निर्माण भईरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका- ११ का ४५ बर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागि घाईते भएका थिए ।

घाईते भएको उनलाई उपचारको लागि अरनीको अस्पताल उर्लाबारी पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

यस्तै झापाको कन्काई नगरपालिका- ३ स्थित घरमा टिनको छाना लगाउने क्रममा करेन्ट लागि घाईते भएकोमा उपचारको लागी बिर्तासिटि अस्पताल बिर्तामोड पठाएकोमा उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयले जनाएको छ ।