पोखरा । पोखराको फेवा ताल छेउको फुट–ट्रयाकमा रहेका विदेशी माग्ने लाई सचेतना दिइएको छ ।
फुट–ट्रयाकमा रहेका फुटपात व्यावसायीलाई आफ्नो व्यावसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेतना दिएका हुन् । ताल को छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यावसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यावसायीलाई हटाउन अनुरोध गर्दै मंगलवार राति पोखरा महानगर नगर प्रहरी टोली,बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् । आगामी दिनमा पर्यटकीय नगरी पोखरामा सुन्दरता दिनको लागि समेत व्यावसायीलाई आह्वान गरेका हुन् ।
बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यावसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरुले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सृजना गरिएको आम–उपभोक्ताको गुनासो थियो । सो गुनासोपछि सांकेतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भोलिबाट व्यापारिक सामन नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामन नियन्त्रण गर्ने बताउनु भयो ।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सिमित स्थान छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।







