काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

गत शुक्रबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला १ हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार पाँच सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।