काठमाडौं । हिजाे सामेबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनकाे भाउ मंगलबार घटेकाे छ ।

हिजाे सुन हालसम्मकै उच्च मूल्य तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियाे ।

छापावाल सुन तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन ताेलामा २४ सय रूपैयाले घटेर एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज मंगलबार चाँदीको मूल्य पनि घटेकाे छ । हिजाे चाँदी तोलाको एक हजार ५४५ रुपैयाँमा कारोबार भएकोमा आज ४५ रूपैयाले घटेर तोलाको एक हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे छ ।