काठमाडौं। सुनको भाउ ओरालो लाग्न थालेको छ । मंगलबार २४ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ८०० रुपैयाँले घटेको छ । 

बुधबार तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार र बुधबार गरेर सुनको भाउ ३२ सय रुपैयाँले घटेको हो । 

यस्तै बुधबार चाँदीको भाउ तोलामा नै २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।