काठमाडौं। सेयर बजारमा उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको छ । 

बजार खुलेको ५ मिनेटमै सकारात्मक सर्किट लागेको बजार पुनः खुलेलगत्तै फेरि सकारात्मक सर्किट लागेको हो । 

पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो।

बजार खुलेको पहिलो ५ मिनेटमा नै ४ प्रतिशतले बढेर सर्किट लागेपछि बजार २० मिनेटको लागि बन्द भएको थियो भने दोस्रो पटक खुलेको बजारमा पनि २ मिनेट मात्रै कारोबार भएर सर्किट लागेको छ ।