काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेर एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सुन तोलामा एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।