काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनकाे मुल्य स्थिर रहेकाे छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँमा काराेबार भइरहेकाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो बुधवार पनि यही मूल्यको सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य १४ सय ६५ रुपैयाँ कायम थियो ।