काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
महामन्त्री ढकालका अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ ।







