पोखरा । कास्की प्रहरीले लुँडो खेलिरहेका ५ जनालाई नगदसहित पक्राउ गरेको छ।
पोखरा महानगरपालिका ११ धरहरामार्ग स्थित एक खाजा घरमा लुँडो खेलिरहेका ५ जनालाई नगदसहित शनिबार साँझ पक्राउ गरेको हो।
प्रहरीका अनुसार धरहरा मार्गस्थित ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा पैसाको सट्टेबाजीमा लुँडो खेलाइने भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले लुँडो खेलिरहेका पुनसहित ५ जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट ७२ हजार २ सय २५ रुपैयाँसहित खेलमा प्रयोग हुने गोटी र डाइस बरामद गरेको छ।








