सिरहा । सिरहाको लहान नगरपालिका-२४ माणिक दह झुटकी गाउँका किसान रतन साहले “बैजनी र पहेंलो” रंगको काउली उब्जाएको छन ।

काउलीको बीउ उनले छिमेकी देश भारतको महराष्टबाट ल्याएको जानकारी दिए ।

उत्पादन गरिएको काउलीको २५० रुपैयाँले बिक्री गरिरहेको उनले बताए । यसपालि जम्मा ५ धुर जग्गामा परीक्षणको लागि खेती गरिएको छ ।

राम्रो बजार र मुल्य पायो भने अर्को वर्ष ५ कट्ठा जग्गामा यो बीउ ल्याएर खेती गर्ने योजना रहेको उनले बताएका छन् ।

तस्विर: लाहनपाेष्ट