काठमाडौं । नापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै घुस रकमसहित पक्राउ गरेको हो। 

चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस रकम बरामद भएको आयोगले जनाएको छ। जग्गा हालसाबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भन्दै उनीहरूले घुस लिएका थिए।