निर्देशित जग्गा विकास (गाइडेड ल्याण्ड डिभलपमेन्ट – जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ ।
आज उहाँकै अध्यक्षतामा बसेका पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा काम गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको समन्वय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘यस अघिको नक्सा टेबुलमा बसेर बनाइएको हो । यो नक्सा योजना कार्यान्वयन गर्ने ठाउँमा गएर बस्तुस्थिति अध्ययन गरेर मात्र तयार पार्नुपर्छ । यसले कार्यान्वयन योग्य नक्सा बन्छ । विकासमा स्थानीय सहभागिता बढ्छ । अपनत्व हुन्छ ।’ डंगोलले पूर्वाधार निर्माण र उपयोगका विषयमा धारणा राख्दै भन्नुभयो, ‘युनिभर्सल डिजाइनमा काम गरौँ । यसबाट पूर्वाधार पहुँचयुक्त हुन्छन् । विकास सबैका लागि हुन्छ ।’







