काठमाडौं । नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ ।

यसैगरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो ।

दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ ।