हिमालय एयरलाईन्सको उडानद्वारा वाह्‍य मुलुकबाट नेपाल आएका दुइ जनालाइ प्रहरीले सुनको औंठी तथा सिक्रीसहित पक्राउ गरेकाे छ ।

बुधार हिमालय एयरलाईन्सको उडानबाट नेपाल आएका सुनसरीकी ३८ बर्षिया सन्चा कुमारी राई र धादिङकी २६ बर्षिया उर्मिला मगरकाे साथबाट प्रहरीले १३७ ग्राम बराबरको सुनको औंठी तथा सिक्री बरामद गरेकाे जनाएकाे छ ।

प्रहरीका अनुसार उनिहरूलाइ भन्सार छली गरी लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई आवश्‍यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाईएको छ ।