काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजना भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १४ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा आइतबार दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको स्रोतले जानकारी दिएको छ।