काठमाडौं। आफूलाई प्रहरीको डीएसपी भन्दै सार्वजनिक स्थलमा नैतिकता विरुद्दको कसुर गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका ४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ। उनले सवारी चालकलाई थर्काइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।