काठमाडौं । लघुवित्तपीडितहरू नयाँ बानेश्वरस्थित संसद् भवन छिरेका छन् ।

विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।