काठमाडौँ, फागुन ७ – क्षेत्री समाज नेपाल तथा संयुक्त खस क्षेत्रीहरुको साझा संस्था को आयोजनामा प्रजातन्त्र दिवस २०८१ को अवसरमा केन्द्रीय सदस्य, पदाधिकारी तथा अग्रज क्षत्रीहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम स्टार बैंकेट, पेप्सीकोला, काठमाडौँ मा सम्पन्न भएको थियो। उपस्थित वक्ताहरूले “राष्ट्रिय अखण्डता र जातीय सद्भाव, क्षेत्री एकता आजको आवश्यकता” भन्ने नारालाई आत्मसात गर्दै एकताको महत्वलाई जोड दिएका थीए ।

बागमति प्रदेशका संयोजक समेत रहेका स्याम कार्किको सभापतित्वमा कार्यक्रम सञचालन भएको थियो । समाजसेवि कार्की कांग्रेस महाधिभेषन प्रतिनिधि समेत हुन । अद्धयक्ष रित बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सब्य र भब्यताका साथ सम्पन्न भयो । १ करोड भन्दा बढि क्षेत्रीहरुको हकहितको लागी सदैम तयार थापाले क्षेत्रीहरुको सुनौलो सपना देखेका छन् ।

कार्यक्रमका बरिष्ठ उपाद्धयक्ष लेख बहादुर कार्की थिए भने सञचालक रामेश्वर थापा थिए । कार्यक्रममा देशै भरीका क्षेत्रीहरुको प्रतिनिधि उपस्थित भएका थिए ।

समारोहमा क्षेत्री समुदायको योगदान, समाजको वर्तमान अवस्था र आगामी योजनाहरूका बारेमा छलफलपनि गरिएको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

क्षेत्री समाज नेपाल ले समुदायको हकहितको संरक्षण गर्दै यस्ता कार्यक्रमहरू नियमित रुपमा आयोजना गर्दै आएको छ । क्षेत्रीहरुले नेपालको लामो ईतिहांसमा पुय्राएको योगदान, समर्पण र बलिदानको गुण नेपालको ईतिहांसमा सुनौलो अक्षरले कोरिएको छ । क्षेत्री समाज नेपालले सुसंस्कृत, सुव्यवस्थीत एवं सम्पन्न समाजको परीकल्पना गर्दै यसको निर्माण कार्यमा अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएको छ।