काठमाडौं । विश्वभरिका अर्बपतिहरू सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष २०२५ का लागि तयार पारेको सूचीमा नेपाली उद्योगपति विनोद चौधरी यो वर्ष १७६३ स्थानमा परेका छन् ।
उनको कुल सम्पत्ति २ अर्ब अमेरिकी डलर अर्थात् २ खर्ब ७४ अर्ब रुपैयाँ बराबर रहेको छ ।
चौधरी फोब्र्सको सूचीमा पर्ने नेपालकै पहिलो डलर अर्बपति हुन् । उनको उद्योग, बैंक तथा वित्तीय संस्था, होटल, अटोमोबाइल, चाउचाउ लगायत क्षेत्रमा लगानी रहेकाे छ ।