कैलाली । प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेकाे छ ।

आईतबार सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय चिसापानीकाे संयुक्त प्रहरी टोली चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेकाे जनाएकाे छ ।

पक्राउ पर्नेमा अछाम बिनायक नगरपालिका वडा नं. ०६ तोली बस्ने बर्ष-३६ को तुल बहादुर बि.क. र जुम्ला तातोपानी गाउँपालीका वडा न. ०४ राउत वाडा बस्ने बर्ष-५० को तुल बहादुर खत्री रहेका छन ।

प्रहरीका अनुसार लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको जस्तो देखिने छाला थान एक र बन्यजन्तुको जस्तो देखिने बिभिन्न भागका हड्डी २ किलो ९५० ग्राम र मोबाईल दुई थान बरामद गरीएकाे छ ।