काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आइतबार बस्दैछ ।
कार्य सम्पादन समितिको बैठक आइतबार बिहान साढे १० बजे संसद् भवनको शंकर हलमा बस्नेछ । त्यस्तै, आइतबार नै मध्यान्ह १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बैठक पनि बोलाइएको छ ।
दुवै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मतलगायतका विषयमा छलफल हुने बताइएकाेछ ।
प्रतिनिधि सभाको बैठक पनि आइतबार नै दिउँसो १ बजे बस्दैछ ।
