आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आज सामाजिक कार्य गर्ने योग रहेको छ । कुनै पनि नयाँ काममा सफलता मिल्नेछ भने भाग्यले तपाईलाई साथ पनि दिनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
पराक्रम बढ्नुका साथै आज तपाईको कामहरु पनि बन्नेछन् । समय सापेक्ष तपाईको पक्षमा रहने छ । स्वास्थ्यमा सुधार पनि आउने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज तपाईको जीवनले नयाँ गति लिनेछ । नयाँ नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । आज मिष्ठान्न भोजनको पनि योग रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज तपाईले विभिन्न प्रकारको उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । पुराना साथीभाई तथा ईष्टमित्रबाट पनि तपाईलाई फाइदा हुने दिन रहेको छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज तपाईको पुरानो बिग्रीएको कामहरु बन्नेछन् । समय भाग्यवर्दक र समय अनुकूल देखिएको छ । राजनितिक सक्रियताको योग पनि रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
पराक्रम बढ्नुका साथै आज बिपरीत लिङ्गिको सहयोगले अपूरा कामहरु पुरा हुनेछन् । कृषी चौपायहरुबाट पनि आज तपाईलाई लाभ मिल्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
बोलीका कारणबाट धेरै कामहरु बन्नेछन् । भाग्यले साथ दिनेछ भने समय पनि तपाईको पक्षमा रहने छ । यात्राको योग पनि रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
धैर्यताले लाभ दिनेछ भने सुखानुभूतिको महसुस पनि हुनेछ । मनोबल उच्च रहनाले जीवन सुखमय रहनेछ । बोलीको प्रभावले कामहरु पनि बन्नेछन् ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आर्थिक पक्ष सबल रहनाले मनमा उत्साह छाउनेछ । ईश्वरको आर्शिवादले सोचेका कुराहरु पूरा हुनेछन् । स्वास्थ्यमा सुधार आउने योग पनि रहेको छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
धार्मिक क्रियाकलापमा मन जानेछ । नयाँ कुनै पनि कुराहरु किन्दा एकदमै राम्रोे हुनेछ । साथीभाईको सहयोगबाट नयाँ कामहरु पनि बन्नेछन् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
दैनिक कार्य सम्पादनमा प्रभाव नपर्ने योग रहेको छ । नयाँ कार्यको थालनी गर्न पनि आज राम्रो दिन रहेको छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आज तपाईलाई कुनै नयाँ कामबाट धेरै लाभ मिल्नेछ । सन्तान सुखको योग रहेको छ । गृहस्थी जीवन सुखमय बन्नेछ ।







