मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिको जातकको लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा मात्र कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । मौन रहनु उत्तम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । पारिवारिक सन्तोष, आम्दानी र नयाँ सोच आउने छ । सामाजिक काम गर्दा मनमा खुसियाली छाउने छ । आज शुरु गरेको नयाँ कामले सफलता मिल्नेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
तपाईको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । अर्थकारोबार गर्दा विचार गर्नुहोला । कसैलाई दिनुभएको सापटी रकम समेत पाउनुहुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईको लागि आज अर्थलाभ हुने संभावना छ । कसैलाई सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन तपाईले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिनेछ । मीन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला शिवालय यात्राले तपाईमा आत्मबल बृद्धि हुँदै जानेछ ।







