काठमाडौं । काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ।

मंगलबार काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो।

हत्या आरोपमा प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ ।