शास्त्रको कुरा

जसरी जीवन एक सत्य हो, त्यसरी नै मृत्यु पनि एउटा यस्तो सत्य हो भन्ने कुरा सबैलाई राम्ररी थाहा छ, जसलाई चाहे जति इन्कार गर्न सकिन्छ तर बदल्न सकिँदैन । भन्नुको अर्थ यो धर्तीमा जन्म लिनेले एक न एक दिन आफ्नो प्राण त्याग गर्नुपर्छ।

हामी मध्ये धेरैले हाम्रा बूढापाकाहरूले यसबारे धेरै पटक भनेको सुनेका छौं कि मृत्यु पछि मानव शरीरको आत्मा १३ दिनसम्म आफ्नो घरमा रहन्छ। तर किन यस्तो हुन्छ भनेर कसैले सोचेको छ ? आज हामी तपाईलाई यससँग सम्बन्धित जानकारी बताउछौँ र जानौँ किन मृतकको आत्मा आफ्नो घरमा १३ दिनसम्म भटकिरहन्छ, यसका साथमा मृतकको नाममा पिण्ड दान किन गरिन्छ भन्ने जानकारी दिँदैछौँ ।

गरुड पुराणमा यसको विस्तृत व्याख्या गरिएको छ। गरुड पुराणमा भनिएको छ कि जब मानिसको मृत्यु हुन्छ तब यमराजको यमदूतले यमलोकमा लैजान्छ । यहाँ उसको राम्रो नराम्रो कर्मको लेखाजोखा हुन्छ र २४ घण्टा भित्र यमदूतले त्यो प्राणीको आत्मालाई घर फर्काइदिन्छ।

यमदूतले आत्मा फिर्ता गरेपछि मृतकको आत्मा आफन्तहरूका बीचमा घुम्छ र आफन्तहरूलाई पुकार्छ तर कसैले आवाज सुन्दैन। यो देखेर मृतकको आत्मा बेचैन हुन्छ र चर्को स्वरले कराउन थाल्छ । यसपछि आत्माले शरीरभित्र पस्ने प्रयास गर्छ तर यमदूतको प्रतिबन्धले मृत शरीरमा प्रवेश गर्न सक्दैन ।

यसबाहेक गरुड पुराणमा विश्वास गर्ने हो भने यमदूतले आत्मालाई आफन्तमा छोडेर जाँदा त्यस समयमा यमलोकको यात्रा तय गर्न सक्ने शक्ति हुँदैन । गरुड पुराणका अनुसार कुनै पनि मानिसको मृत्युपछि १० दिनसम्म मृत आत्माका विभिन्न अंगहरु बन्ने गर्दछ र एघारौं र बाह्रौँ दिनमा गरिने कर्म मृतकको मासु र छालाको हुन्छ । आत्माको निर्माण हुन्छ र १३ औं दिनमा मृतकको नाममा पिण्डदान गरिन्छ । त्यहाँबाट मात्र यमलोकसम्मको यात्रा तय गर्छन्।

अर्थात् मृत्युपछि मृतकको नाममा पिण्डदान गरिन्छ । त्यसबाट मात्र आत्माले मृत संसारबाट यमलोकमा यात्रा गर्ने शक्ति पाउँछ। त्यसैले गुरुण पुराणमा भनिएको छ कि जब मानिसको मृत्यु हुन्छ तब उसको आत्मा आफन्तको नजिकैको घरमा १३ दिनसम्म घुम्छ र त्यसपछि आत्मा संसारबाट यमलोकमा जान्छ, जसलाई पूरा गर्न उसलाई १२ महिना लाग्छ । १ वर्ष मात्र होइन, विश्वास अनुसार मृतकको नाममा १३ दिनसम्म पिण्डदान गर्दा १ वर्षको भोजन बराबर हुन्छ ।

पिण्ड दान गरिएन भने के होला ?
प्रायः मानिसको दिमागमा यो प्रश्न पनि आउँछ कि यदि कुनै मृत व्यक्तिको नाममा पिण्ड दान गरिएन भने के हुन्छ साथीहरू, हामी तपाईलाई बताऔंछाै कि यो पनि वर्णन गरिएको छ गरुड पुराणमा। मृत्युपछि १३ दिनसम्म पिण्डदान गर्नु आवश्यक मानिन्छ । यसका साथै १३ औं दिनमा परिवारका सदस्यले मृतकको नाममा भोजको आयोजना गर्ने गर्दछन् । ऋण लिएर यसो गरेमा मृतकको आत्माले शान्ति पाउँदैन। यति मात्र होइन, गरुड पुराणमा यो पनि भनिएको छ कि जिउँदै राम्रो कर्म गर्ने व्यक्तिलाई यमदूतले मृत्युपछिको यात्रामा व्यक्तिको आत्मालाई कुनै कष्ट दिँदैन ।

एजेन्सीकाे सहयाेगमा