ताप्लेजुङ । श्रीमती हत्या गरेकाे अभियोगमा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ ।

आफ्नै श्रीमती ३१ वर्षीया निशा राईको हत्या गरेको अभियोगमा सिरिजंघा गाउँपालिका-३ सिकैचा बस्ने ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मणले भान्सा कोठामा दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा निशाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी काडेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।