काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका छन्।

चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो।’

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मोर्चामा छुटेको विषयमा सोधिएको प्रश्नमा उनले मोर्चा बनाउन झण्डै एक वर्षदेखि भएको छलफलमा डा. बाबुराम भट्टराईलाई कहिल्यै नदेखेको बताए ।