काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताउनुभएको छ । 

आईतवार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी प्रवेश गर्नेहरु धेरै भएपनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताउनु भयो ।

उहाँले केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताउनु भयो । उहाँले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको बताउनु भयो । 

सभापति लामिछानेले पार्टीमा स्वार्थहरु प्रवेश गरेर पार्टी कब्जा हुने हो की भन्ने चिन्ता नलिन शुभेच्छुकहरुलाई आग्रह गर्नुभयो ।