काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको हाे ।

सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।