काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा प्रत्येक केन्द्रिय समिति सदस्यहरुले ७ मिनेटमा आफ्ना धारणा राख्नेछन् ।
मंगलवारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डाहरु राख्नुभएको थियो ।
त्यस्तै महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रश्तुत गर्नुभएको थियो ।
बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेश भएको छ ।
त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रश्तुती दिनुभएको थियो भने प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भुमिकाको सम्बन्धमा कुरा राख्नुभएको थियो ।







