सुनसरी। सुनसरीको ईटहरी उप-महानगरपालिका-८ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राज कुमार कार्की रहेका छन् ।

मंगलबार घरमा मार्बल लगाउने करेन्ट लागेर छतबाट लडि घाईते भएका कार्कीको उपचारको क्रममा सामुदायिक अस्पताल हलगढामा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।