मोरङ । मोरङको बुढिगंगा गाउँपालिका-३ रमाइलो टोल स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो साढे २ बजे कृष्ण मगरको छोरा ३ बर्षीय कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेकाे प्रहरीले जनाएकाे छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।







