काठमाडौं । जनकपुरको जानकी मन्दिर विवाह मण्डप परिसरभित्र युवतीसँग अश्लिल हर्कत गरेको भिडिओ बनाएर टिकटक बनाउने युवक पक्राउ परेका छन् ।
धनुषा प्रहरीले धनुषाको औरही गाउँपालिकाका १८ वर्षीय अनिरुद्र यादबलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान कार्य भइरहेको र टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोज तलास भइरहेको धनुषा प्रहरीले जनाएको छ ।







