काठमाडौं । नेपाल टेलिकमकाे करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएकाे छ ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलका अनुसार काठमाडौंबाट भैरहवा पठाउने क्रममा ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हाे ।

निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका १९ हजार ९९९ थान रिचार्ज कार्ड हराएको छ । ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि टेलिकमले अनुरोध गरेको छ ।