काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिव बर्खास्तीका लागि बहुमत सदस्यद्वारा प्रस्ताव पेश भएकाे छ ।
संस्थापनइतरका बहुमत सदस्यहरुले एन्फा अध्यक्ष र महासचिव बर्खास्तीका लागि बहुमत सदस्यद्वारा प्रस्ताव पेश गराेका हुन् ।
एन्फाको विधानअनुसार ४० प्रतिशत सदस्यले हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउन निवेदन दिएमा त्यसको ३० दिनभित्र साधारणसभा बोलाउनुपर्ने व्यवस्था छ । उक्त साधारणसभामा नेम्वाङ र राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न निवेदनमा माग गरिएको छ ।







