काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याद गुज्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ।

प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार उपभोक्ताले महानगरको वडा नम्बर १७ मा रहेको सो पसलले खान नमिल्ने गरी बिग्रिएको दुधबरी बेचेको भन्ने गुनासो टिपाएका थिए । प्राप्त सूचनाको आधारमा अनुगमन भएको उहाँको भनाइ छ ।

अनुगमनको क्रममा डा. झाले फाटेको दुधमा दुधवरी बनाइएको पाइएको तथा पसलमा बस्ने व्यक्तिमा शिष्टाचार नभएको रुखो र अशिष्ट बोलीचाली रहेको बताउनुभयो ।

उहाँका अनुसार करिब ५ किलोग्राम बिग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो ।