धनकुटा । धनकुटा महालक्षमी नगरपालिका-०५ स्थित माझिगाँउ बस्ने मदन खड्काको छोरा १० वर्षिय मन्दिप खड्काको पिङ खेलने क्रममा लडदा घटनास्थलमा नै मृत्यु भएको छ ।
बुधबार दिउँसो ४ बजेको समयमा घर नजिकै रहेको पिपलको रुखमा जुटको डोरीको पिङ बनाई खेल्ने क्रमम अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको छ ।
घटना सम्बन्धि थप अनुसन्धान तथा कानुनी प्रकृया जिल्ला प्रहरी कार्यालय धनकुटाबाट भईरहेको छ ।







